२०८१ श्रावण १२

निर्वाचन आयोगद्धारा उपचुनाव कार्यक्रम सार्वजनिक, चैत २४ गते उम्मेदवारी दर्ता ।

काठमाण्डौँ,  निर्वाचन आयोगले इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचनको मिति निर्धारण गरे लगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुन निर्वाचन आयोगले जनाएको छ ।