२०८१ श्रावण १२

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै ।

काठमाण्डौँ, मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।
स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सघ, नगर र गाउँपालिकास्तरीय मगर सघसँगै विदेशमा रहेका मगरसँग आबद्ध सघसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।
म्गर बाहुल्यता रहेको जिल्ला तथा पालिकाहरुमा आज सार्वजनिक बिदा दिएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।