२०८१ श्रावण १२

मिस तामाङ–२०२४ को उपाधि रिया लामालाई ।

काठमाण्डौँ, १६ औँ संस्करण अर्थात मिस तामाङ–२०२४ को उपाधि रिया लामाले जितेकी छन् । शनिबार काठमाण्डौँमा भएको ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको मिस तामाङ–२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष नायीका रन्जिता ब्लोनले उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन् ।

२६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालिमा रहेपनि शनिबार सम्पन्न कार्यक्रममा २५ जनाले मात्रै आफ्ना विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए । ती सबै चरणहरु पार गर्दै अन्तःत कन्टेस्टेण्ड नम्बर १३ कि रिया लामा मिस तामाङ २०२४ को विजेता भएकी हुन् । प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् ।


मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।
शनिवार सम्पन्न ग्राण्ड फिनालीबाट विजेता बनेकी रिया लामाले नगद १ लाख रुपैयाँ, उप–विजेता स्मृति योन्जनले ५० हजार, सेकेन्ड रनर अफ अमृता लामा तामाङले ३० हजार रुपैयाँको पुरस्कारसहित क्राउन र अन्य गिफ्ट ह्याम्पर पाएकी छन् ।