२०८१ श्रावण १२

दुई जना न्यायाधीश बर्खास्त, अर्का एक जनालाई सचेत ।

काठमाण्डौँ, न्याय परिषद्को सिफारिसमा आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गरेका छन् ।
पदमुक्त दुइृ जना न्यायधिशहरुलाई न्यायाधीशको आचार विपरीत कार्य गरेको ठहर गर्दै आइतबार नै न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेको थियो । सिफारिस लगत्तै निर्णय कार्यान्वयन भएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । थपलियाले बिचौलियाको रुपमा काम गरेको भन्दै परिषदमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन हुँदा दोषी ठहरिएपछि कारबाही गरिएको हो ।
त्यस्तै परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ । इच्छाराज तामाङको मुद्दामा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन गरिएको थियो। कोइरालालई महोत्तरी जिल्ला अदालत सरुवा गरिएको सर्वोच्चले जनाएको छ ।