२०८१ श्रावण १२

वैशाख १५ गते प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुने ।

काठमाण्डौँ, निर्वाचन आयोगल रिक्त भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले इलाम–३ मा वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा पनि सोही दिन उपनिर्वाचन गराउने निर्णय गरेको छ । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए । सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै, नेम्वाङको भदौ २६ गते निधन भएको थियो ।
नेपालको संविधानको धारा ४७ तथा धारा १७६ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
आयोगले प्रदेशसभा सदस्य तथा तत्कालीन मन्त्री सिंहको निधन असार ५ मै भए पनि असार २५ गतेदेखि मात्र प्रदेशसभा सदस्य पद खाली भएको उल्लेख गरेको छ ।