२०८१ श्रावण १२

तरुण दल सुर्खेतका नेतालाई गोली हान्ने ४ जना पक्राउ ।

काठमाण्डौँ, तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर–१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने डीएसपी लक्ष्मण शाहीले नेपाल प्रेसलाई बताए । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन । गिरी लक्षित गोली हान्ने भारतीय सुटर भएको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।