२०८१ बैशाख ७

प्रतिनिधिसभा बैठक आज बस्दै,

काठमाण्डौँ, प्रतिनिधिसभा बैठक संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्दै छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।