२०८१ श्रावण १२

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ।

काठमाण्डौँ, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
लिग २ को नयाँ साइकलको पहिलो त्रिकोणात्क श्रृखंलामा नेपाल र नेदरल्याण्डसँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।
नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो । नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए ।
नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएको थियो । नेपाल आफ्नो पछिल्लो खेलमा नामिबियासँग २ विकेटले पराजित भएको थियो । यस्तै जारी शृंखलामा दुई स्कोर कटाउने पहिलो टिम बनेको नामिबियाले त्यसपछिको खेलमा नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको थियो ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २–२ खेल जितेका छन् । कीर्तिपुरमै भएको पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमा अलआउट गर्दै २०८ बल बाँकी छँदै ९ विकेटले खेल जितेको थियो ।