२०८१ श्रावण १२

नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल ।

काठमाण्डौँ, नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।
बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।
लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो ।
लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने निश्चिन बनेको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० का हार बेहोरेको थियो ।
नेपालले भोली (शनिबार) समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।