२०८१ श्रावण १२

मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन ।

काठमाण्डौँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडिबाट ड्रमर थाल बजाएर प्रदर्शन गरेको थियो । सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए ।


त्यसैगरी, ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् । सोही क्रममा काठमाडौंको कमर्स क्याम्पसमा ज्वालाको राजीनामा माग्दै पुत्ला दहन गरेका हुन् ।
बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुका कार्यकर्ताले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि मसाल जुलुस निकालेका थिए ।
बलकुमारी घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो ।