एमाले केन्द्रीय कमिटी बैठकलाई आज पार्टी नेतृत्वले सम्बोधन गर्ने ।
काठमाण्डौँ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष सुनाइने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफलमा उठेका विषयमा स्थायी कमिटीको समूहबाट संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजङ्ग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास समूहबाट केन्द्रीय सदस्य पेम्बा लामाले आ–आफ्नो समूहको लिखित प्रतिवेदन बिहीबारको बैठकमा प्रस्तुत गर्नेछन् ।
छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
-
१
आज सर्वमान्य नेता गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै ।
-
२
चामे–खाङसार सडकका विषयमा सरोकारवालाहरु विच छलफल, जोखिम स्थानलाई प्राथमिकतामा राख्न सांसद गुरुङको निर्देशन ।
-
३
फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : राजीव गुरुङ (दीपक मनाङे)
-
४
तिमाङ खेल मैदानको स्तरोन्नतीमा सांसद गुरुङको चासो, बिस्तृत योजना बनाउन आग्रह ।
प्रतिक्रिया दिनुहोस्