२०८१ श्रावण १२

सोनिया गान्धी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित ।

काठमाण्डौँ, भारतीय कांग्रेस पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी छन् ।
मंगलबार कांग्रेसका एक र भाजपाका दुई उम्मेदवार राजस्थानबाट राज्यसभा चुनाव २०२४ को लागि निर्धारित सिटहरूमा निर्वाचित घोषित गरिएको हो ।
राजस्थान विधानसभाका प्रिन्सिपल सेक्रेटरी र राज्यसभाका रिटर्निङ अफिसर महावीर प्रसाद शर्माले कांग्रेस उम्मेदवार सोनिया गान्धी र भाजपाका दुई उम्मेदवार चुन्नीलाल गरासिया र मदन राठोडलाई निर्वाचित घोषणा गरका थिए । भाजपाका यी दुई उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
सोनिया गान्धी संसद्को माथिल्लो सदन अर्थात् राज्यसभामा निर्वाचित भएको यो पहिलो पटक हो । फेब्रुअरी १४ मा सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी राजस्थान विधानसभा पुगेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।