२०८१ श्रावण १२

नेपालले आज नामिवियासँग खेल्दै ।

काठमाण्डौँ, आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९: ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो ।
दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ ।
नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको थियो ।