२०८१ श्रावण १२

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज सिरियासँग खेल्दैछ ।

काठमाण्डौँ, साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ ।
समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।
नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।
गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ । जसमा फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन् । उनी फ्रान्सबाटै साउदी गएकी हुन् ।
सावित्रा बाहेक नेपालमी टिममा भारतीय लिग खेलिरहेका कप्तान एनिज्लासहित ६ खेलाडी पनि छन् । उनीहरु लिगबाट ब्रेक लिंदै राष्ट्रिय टिमका लागि खेल्न आएका हुन् ।
नेपालको पहिलो प्रतिद्वन्द्वी सिरिया भने यसअघि दुई पटक वाफ वुमन्स च्याम्पियनसिपमा तेस्रो भएको थियो । सन् २००५ मा पहिलो संस्करणमै तेस्रो भएको सिरिया पछिल्लो पटक २०२२ मा भएको च्याम्पियनसिपमा पनि तेस्रो भएको थियो ।
नेपालले सिरियासँग पहिलो पटक खेल्न लागेको हो । नयाँ प्रतियोगिता नयाँ परिवेश र नयाँ वातावरणमा खेल्न नेपाली टोली उत्साहित छ ।
करिब चार दशक लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलको इतिहासमा नेपाललाई पहिलो पटक उपाधि जित्ने अवसर समेत छ ।