२०८१ श्रावण १२

इपिएस उत्पादनतर्फको भाषा परीक्षा आजदेखि शुरु, परीक्षा पाँच सिफ्टमा हुने ।

काठमाण्डौँ, रोजगार अनुमति प्रणाली (इपिएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबार (७ गते) देखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ ।
दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सख्या बढाउनु परेको इपिएस शाखाले जनाएको हो ।
आज सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको निर्देशक मैयाँ कँडेलले जानकारी दिए । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् ।
शाखाले दैनिक चार चरणमा आठ सयको दरले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएको तर परीक्षार्थी धेरै भएकाले एक सिफ्ट थपेर पाँच सिफ्ट पु¥याउने तयारी भएको छ । यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा ‘युविटी टेस्ट ट्याब’ जडान गरेर भाषा परीक्षा लिँदै आएको थियो ।
इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।