पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सन्तोषी श्रेष्ठाद्धारा कोर्स रेकर्ड दर्ता ।
पोखरा, १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन महिलाहरुको २१ किमीको दौडमा सन्तोषी श्रेष्ठले कोर्स रेकर्ड दर्ता गरेकी छन्।
उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद १ लाख ५० हजार प्राप्त गरिन् । २१ किमि महिलातर्फ केन्याली अविजल जेरोप १ घन्टा १९ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने राममाया बुढाले १ घण्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् ।
यस्तै पुरुषहरुको १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की ३२ मिनेट ३७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो, सञ्जीव नेपाली ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए ।
महिलाहरुको १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो भइन् । ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सीमा चौधरी दोस्रो, ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेस्रो भइन् ।
५ किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तेस्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जिला जिटी तेस्रो भए ।
५ किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निमबहादुर थापा क्रमश पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पंगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्