२०८१ श्रावण १२

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै ।

आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ ।
त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।
नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४१.१ओभरमा अल आउट भएर १३२ रन मात्रै बनाएको थियो । उक्त खेलमा ओपनर कुशल भूर्तेल रोयल डक भएका थिए । यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ ।
लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ ।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग–२ मा आठ टिम भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ ।
आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन् ।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।