२०८१ मंसिर २७
वैदेशिक रोजगार विभागका नासु दोषी ठहर ।
काठमाण्डौं, वैदेशिक रोजगारसम्बन्धी मुद्दाका पक्षसँग घुस मागेको आरोप लागेका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् ।
विशेष अदालतले शुक्रबार फैसला गर्दै पाण्डेलाई ३ महिना कैद र ३० हजार रूपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
मुद्दाको मिलापत्रपछि बैंक रोक्का फुकुवा गर्ने सम्बन्धमा घुस मागेको पाण्डेमाथि अभियोग थियो ।
प्रतिक्रिया दिनुहोस्