२०८१ श्रावण १२

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै ।

काठमाण्डौँ, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ ।
बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए ।
हिजो बिहिबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए ।