२०८१ श्रावण १२

५ लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक पक्राउ ।

काठमाण्डौँ, ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय यासिन अहम्मद र ४८ वर्षीय मुहम्मद अन्दान लेखानी रहेको प्रहरीले जनाएको छ ।
फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको छ ।