२०८१ श्रावण १२

नेपाली कांग्रेस महासमिति बैठकको तयारी ८० प्रतिशत पूरा,महासमिति सदस्यको लेबी ३ हजार तोकियो ।

काठमाण्डौँ, नेपाली कांग्रेसको फागुन ७ देखि १० फागुनसम्म चल्ने महासमिति बैठकको तयारी ८० प्रतिशत पूरा भएको प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
‘प्रतिवेदन लेखनको काम, हल बुकिङ, आवास र भोजनको काम पनि भइसकेको प्रमुख विश्वकर्मले बताए । महासमिति बैठकले अहिलेसम्म पार्टीले अबलम्बन गर्दै आइरहेको सैद्धान्तिक पक्षलाई निरन्तरता दिने बताए । उनले महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा कांग्रेसको केन्द्रीय निर्वाचन आयोगले लिएको बताए ।
विश्वकर्माले भने, अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको प्रतिवेदन आइसकेको छ, त्यसमा ५ देखि ७ वटासम्ममा केही विवाद रहेको पनि बताए । उनले बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी हुने आलकन गरेको बताए । कांग्रेसको विधानका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य चयन भएर आउँछन् । त्यसमा केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, भ्रातृलगायतबाट पनि प्रतिनिधि हुन्छन् ।
उनले थपे, ‘प्रतिनिधिबाट रजिष्ट्रेशन शुल्क भनेर तीन हजार लिएका छौं । त्यसैभित्रबाट खाना, खाजा खुवाउछौं । बस्ने ठाउँको चाहिँ समन्वय हुन्छ ।
मुल आयोजक समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठकलाई प्रभावकारी बनाउन आठ उपसमिति समेत गठन गरेको छ ।