२०८१ कार्तिक ७

मनाङे युवा रायन गुरुङद्धारा पौडीमा नयाँ कीर्तिमानी, डोना लामा विश्व पौडी प्रतियोगिताका लागि दोहा प्रस्थान ।

काठमाण्डौँ, हिमालपारिको जिल्ला मनाङका युवापीढि एकपछि अर्को इतिहास रच्दै इतिहासको पानामा स्वर्ण अक्षरले लेख्दै छन् आ–आप्mना कीर्तिमान ।
केही दिनअधि भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा मनाङका युवा पौडीवाज (तेन्जीङ नामडो) रायन गुरुङले कास्य पदक प्राप्त गरेका छन् । रायन गुरुङले मिड्ल रिलेमा ४ मिनट १४.१० सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका छन् । यसअघि यो कीर्तिमान भारतको गोहाटीमा भएको १२ औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङले ४ मिनट ७.२८ सेकेन्ड समयको रेकर्ड राखेका थिए ।
च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा कास्य पदक जितेका छन् । गुरुङले आफ्नै नाममा २ मिनट २२.१५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट २१.१६ सेकेन्ड समयको नयाँ कीर्तिमान समेत राख्न सफल भएका छन् । यस अघि नेपालकै शिरीष गुरुङको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । शिरिषले उक्त किर्तिमान २०१२ मा काठमाण्डौमा भएको दोश्रो एनएसए कपमा राखेका थिए ।
त्यसैगरी, मनाङे चेली तेञ्जीङ्ग डोल्माले गत महिना समपन्न सांगिती प्रतियोगिता द भ्वइस अफ नेपालमा ६ औं स्थानसम्म पुग्न सफल भएकी थिइन । उनले प्रतियोगिताको ताज जित्न नसकेपनि आपूm र आप्mनो गाउँ मनाङको नाम विश्वभरी चिनाउन सफल भएकी छिन । त्यसो त द भ्वइसको मञ्चबाट धेरै सिक्न पाएको र भविष्यमा अरु उत्कृष्ट प्रस्तुतकिा साथ उभिने प्रतिब्द्धता जनाएकी छन् ।


उता, केही महिनाअधि चिनमा भएको अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा मनाङे चेली डोना लामाले नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएकी थिइन । उक्त प्रतियोगितामा २०० मिटर फ्रि र १०० मिटरको ब्याक स्ट्रमा सहभागि पनि कुनै पदक हाँसिल गर्न सकेनन् । उपाधि प्राप्त गर्न नसके पनि देशलाई प्रतिनिधत्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु नै ठूलो उपलब्धी हो ।

त्यसैगरी, कतारको दोहामा भइरहेको विश्व पौडी प्रतियोगितामा सहभागि हुन उनी माध २५ गते त्यसतर्फ गएकी छिन । त्यहाँ पनि उनले २०० मिटर फ्रि र ४०० मिटर फ्रि प्रतियोगितामा सहभागीता जनाउने छिन ।