२०८१ श्रावण १२

भैरहवा भन्सार कार्यालयले दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्ने ।

काठमाण्डाँै, भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्ने भएको छ ।
भन्सार नियमावली, २०६४ को निमय ३५ (१) बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गरिने भएको हो । चोरी निकासी÷पैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल र स्कुटर सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागिएको कार्यालयले जनाएको छ । इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले २१ दिनभित्र लिलाम बिक्रीमा सहभागी हुन सक्नेछन् ।
बोलपत्र पेस गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले न्यूनतम मूल्यमा नघट्ने गरी आफूले कबोल गरेको रकमको १० (दश) प्रतिशतले हुने रकम राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नुपर्नेछ ।