२०८१ श्रावण १२

पाकिस्तानको निर्वाचन आयोगद्धारा पूर्ण मत परिणाम सार्वजनिक, स्वतन्त्र उम्मेदवार १०१ स्थानमा विजयी ।

पाकिस्तानको निर्वाचन आयोगले हालै सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम सार्वजनिक गरेको छ ।
पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणाम अनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिटमा विजय प्राप्त गरेका छन् ।
निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री खानको पार्टी पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ । मत परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन् ।
तीन पटकका प्रधानमन्त्री बनेका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ ।
पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गर्नुभएको छ । “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमाभनेका छन् ।