२०८१ श्रावण १२

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै ।

काठमाण्डौँ, माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठक दुई दिनसम्म चल्ने प्रवक्ता सापकोटाले बताए । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।
समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता
गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।