२०८१ श्रावण १२

न्यूयोर्कको जिल्ला अदालतमा भारतीय मूलका न्यायाधीश नियुक्त ।

काठमाण्डौँ, अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यूयोर्कको पूर्वीजिल्ला अदालतका लागि भारतीय मूलका न्यायाधीश सङ्केत जयसुख बुलसारालाई मनोनीत गरेका हुन् ।
न्युयोर्कको जिल्ला अदालतमा सेवा गर्ने बुलसारा धितोपत्र, सम्झौता, दिवालियापन र नियामक मामिलाहरूमा विशेषज्ञ छन् । ४६ वर्षीय बुलसारा सन् २०१७ देखि न्युयोर्कको पूर्वी जिल्लामा अमेरिकी मजिस्ट्रेट न्यायाधीशको रूपमा कार्यरत छन् । बुल्साराले अमेरिकी अदालतमा नियुक्त हुने पहिलो दक्षिण एसियाली अमेरिकी सङ्घीय न्यायाधीश बन्ने गौरव पनि प्राप्त गरेका छन् ।


जनवरी २०१७ देखि मे २०१७ सम्म, बुल्साराले यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगको कार्यवाहक जनरल काउन्सिलको रूपमा सेवा गरेका थिए । उनले २०१५ देखि पुनरावेदन मुद्दा, फैसला र प्रवर्तन कानुनी मामिलाहरू हेर्न थाले । बुलसाराले सन् २००२ देखि २००३ सम्म न्युयोर्कको दक्षिणी जिल्लाको अपिल अदालतमा न्यायाधीश जोन जी कोएल्टलको क्लर्कको रूपमा पनि काम गरेका थिए ।
बुल्साराको जन्म न्यू रोशेलमा भएको थियो । उनका बाबुआमा पचास वर्षअघि यहाँ आएर बसेका थिए । उनका बुबाले न्यूयोर्क सहरमा इन्जिनियरको रूपमा काम गरे । नवनियुक्त जिल्ला न्यायधिश बुलसारा आफ्नी श्रीमती क्रिस्टिन डेलोरेन्जोसँग लङ आइल्याण्ड सहरमा बस्छन् ।