नेपालले क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै ।
काठमाण्डौँ, नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो । खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए ।
नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको सिरिज आफ्नो कब्जामा पार्न चाहन्छ । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।
नेपाली टोलीमा रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।
-
१
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
२
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
३
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
४
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।


प्रतिक्रिया दिनुहोस्