२०८३ भाद्र २०
दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलो पटक फाइनलमा ।
काठमाण्डौँ, दक्षिण कोरियाविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो पटक फाइनल प्रवेश गर्ने क्रममा जोर्डनले दक्षिण कोरियामाथि २–० को जित निकाल्न सफल भयो । मंगलवार कतारको अहमेद बिन अली रङ्गशालामा भएको खेलमा जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

जोर्डनको लागि खेलको ५३ औँ मिनेटमा याजन अल–नैमत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।
दक्षिण कोरिया विरुद्ध सबै कोणबाट उत्कृष्ट फुटबल पस्किएको जोर्डनका मुसा अल–तामरीले ६७ औँ मिनेटमा गोल गरेपछि द. कोरियाको १५ वर्ष लामो एसियन गेमको फाइनल पुग्ने योजनामा पुनः धक्का लागेको छ भने जोर्डनको इतिहास बनेको छ ।
जोर्डनले अब उपाधिका लागि साबिक विजेता कतार र इरानबीचको विजेतासँग खेल्ने छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्