२०८१ श्रावण १२

प्रतिनिधि सभा बैठक बस्दै, सभालाई दलका नेताहरूले सम्बोधन गर्ने ।

काठमाण्डौँ, संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दै छ । आज बिहान ११ बजेका लागि बैठक तय भएको छ ।
आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले आ–आप्mनो भनाइ राखेका थिएनन् ।
यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।