२०८१ श्रावण १२

त्रिभुवन आर्मी राजारानी क्लब धनकुटासँग सडनडेथमा पराजित ।

हेटौंडा, आहारारा पोखरा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी क्लब हेटौंडामा मोफसलको क्लबसँग पराजित भएको छ ।
हेटौंडामा जारी छैठौं संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा आर्मी राजारानी क्लब धनकुटासँग सडनडेथमा पराजित गरेको हो । २० माघमा आर्मीले ५ पटकको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गरेर आहा रारा पोखराको उपाधि जितेको थियो ।
सडनडेथमा आर्मीका बिमल पाण्डेले गोल गरे पनि दोस्रो प्रहारमा सिद्धान्त चौधरी चुके । चौधरीको प्रहारलाई विपक्षी गोलरक्षक कार्कीले बचाउ गरे । प्रवेश दनुवारले सडनडेथमा राजारानीका लागि बराबरी र उमेश कार्कीले विजयी गोल गरेका थिए । खेलमा गोलरक्षक कार्की म्यान अफ दि म्याच चुनिए ।
आज शहीद स्मृति गोल्डकप अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेल थ्रीस्टार र एपीएफ क्लबबीच हुनेछ ।