२०८१ श्रावण १२

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै ।

काठमाण्डौँ, सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।
आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्दैछ । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ ।
हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए ।