२०८१ श्रावण १२

अमेरिकाले इरानी सशस्त्र समूहविरुद्ध हमला गर्ने, आफूहरु चुप लागेर नबस्ने इरानीको चेतावनी ।

 

काठमाण्डौँ, जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि जवाफी कारबाहीका लागि अमेरिकाले इरान समर्थित सशस्त्र समुहविरुद् श्रृंखलावद्ध हमलाका लागि स्वीकृति दिएको छ ।
सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समुहविरुद्ध श्रृंखलावद्ध हमला गर्न स्वीकृति दिइएको बीबीसीले उल्लेख गरेको छ ।
कहिलेबाट हमला हुने भन्नेकुरा मौसमी अवस्थितिको निर्क्यौलपछि निर्धारण हुने बीबीसीले जनाएको छ । अमेरिकी सैन्य इलाका रहेको जोर्डनस्थित टावर ट्वान्टी टूमा गरिएको हमलाको जिम्मा इस्लामिक प्रतिरोध समूहले लिएको थियो ।


अत्याधुनिक ड्रोनमार्फत हमला भएको थियो । अमेरिकी जासुसी संयन्त्रले घटनामा प्रयोग भएको ड्रोन इरानी प्रविधिको रहेको जिकिर गरेको छ । इरानले रुसलाई समेत युक्रेनविरुद्ध लड्नका निम्ति ड्रोन निर्यात गरेको अमेरिकी आरोप छ ।
सर्वसाधारणमाथि कुनै क्षति नपु¥याउने लक्ष्यसहित हमलाको तयारी भइरहेकाले खुला मौसमको प्रतिरक्षामा रहेको अमेरिकी रक्षा मन्त्रालयको भनाइ छ । मध्यपूर्व पहिलेनै इजरायल हमास युद्धमा रहेकाले इरानसँग सैन्य तनाव बढाउने पक्षमा ह्वाइटहाउस छैन । रिपब्लिकन सांसदहरुले इरानमाथि हमलाको दबाब दिइरहेका बखत ह्वाइटहाउसले संयमता अपनाइरहेको छ ।
उता, इरानले भने अमेरिकी सेनामाथिको हमलामा आफ्नो कुनै पनि हात नरहेको जिकिर गर्दै आएको छ । त्यसका बाबजुद पनि इरान लक्षित हमला अमेरिकाले सुरु गरेमा आफूहरु चुप लागेर नबस्ने इरानी अधिकारीहरुले चेतावनी दिएका छन् ।