२०८१ श्रावण १२

कोरला नाका पन्ध्र दिनका लागि बन्द, फागुन ११ गते नाका साबिकै अवस्थामा खुल्ला हुने ।

काठमाण्डौैँ, गण्डकी प्रदेशको जिल्ला मुस्ताङ र छिमेकी मित्रराष्ट्र चीन जोड्ने कोरला नाका माघ २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाले सूचना जारी गर्दै नाका बन्द हुने जानकारी गराएको हो । गत कात्तिक २७ गते देखि नेपाल र चीन बिचको व्यापारिक नाका कोरला खुल्ला भएकोमा यही २०८० साल माघ २५ गते देखि २०८० फागुन १० गतेसम्म १५ दिन बन्द हुने जनाएको छ । चीनतर्फ चार्ड पर्व परेको कारणले गर्दा नाका बन्द रहने भएकोले स्थानीय बासिन्दा, व्यापारी तथा सरोकारवालाहरूलाई सूचना दिन आवश्यक रहेकोले सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
२०८० फागुन ११ गते नाका साबिकै अवस्थामा खुल्ला हुने भएकाले नाका बन्द हुनु भन्दा पहिला नै आफ्ना केही लेनदेन भएको भए मिलान गरी सहज रहन समेत गाउँपालिकाले आग्रह गरेको छ । व्यापारी तथा सर्वसाधारणले चिनियाँ बजारमा सामान खरिद गर्नु वा खरिद गरी सकेको आफ्नो सामान नेपाल तर्फ ल्याउनु पर्ने भए माघ २४ भित्रै व्यवस्थापन गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।
लोमान्थाङ गाउँपालिकाका सूचना अधिकारी विकास केसीले चिनिया पक्षले आफ्नो चाड भएकोले नाकामा आवतजावत रोक्नका लागि सूचना गरेको जानकारी बताए । चिनिया पक्षले आधिकारिक रूपमा १५ दिन नाका बन्द गर्ने भनेको भए पनि उनीहरूले मनाउने चाडको बारेमा भने खासै जानकारी नभएको पनि जानकारी दिए ।