२०८१ श्रावण १२

आज उपाधिका लागि विभागिय टिम पुलिस र आर्मीबिच भिडन्त : प्रधानमन्त्री कप क्रिकेट

काठमाडौँ,  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
पुलिस क्लब लिग चरणको खेलमा पहिलो हुँदै फाइनलमा पुगेको हो । आर्मी क्लबले भने लिग चरणको खेलमा दोस्रो हुँदै फाइनलमा पुगिससँगको भिडन्त पक्का गरेको हो । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान थियो ।


प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए । लिग चरणमा पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भएको थियो । जारी प्रतियोगितामा सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । तालिकामा पुलिस क्लबले कुल १८ अंक बटुलेको थियो ।
आर्मी क्लबले भने लिग चरणमा नौमध्ये सात खेलमा सफलता हात पारेको थियो । दुई खेलमा आर्मी क्लब पराजित भएको थियो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । तालिकामा दोस्रो आर्मी क्लबले १४ अंक बटुलेको थियो ।
लिग चरणको खेलमा सर्वाधिक कुल स्कोर बनाउने टोलीको सूचिमा आर्मी दोस्रो र पुलिस क्लब चौथो स्थानमा रहेका थिए ।
यसैगरी आठ अंक जोडेको सुदूरपश्चिम प्रदेश छैटौँ र समान अंक बटुलेको कर्णाली प्रदेश सातौँ भएका थिए । सुदूरपश्चिम प्रदेशले चार खेलमा जित र पाँच खेलमा हार ब्यहोरेको थियो । कर्णाली प्रदेशले चार जित र पाँच हारको नतिजा निकालेको थियो ।
लिग चरणमा चार अंकसहित गण्डकी प्रदेश अठौँ, दुई अंकसहित लुम्बिनी प्रदेश नवौँ र समान अंक बटुलेको कोशी प्रदेश १०औँ स्थानमा रहेका थिए । गण्डकी प्रदेशले दुई जित र सात हार, लुम्बिनी प्रदेशले एक जित र आठ हार तथा कोशी प्रदेशले एक जित र आठ हारको नतिजा निकालेका थिए ।