२०८१ श्रावण १२

कांग्रेस संसदीय दलको बैठक बस्दै ।

काठमाडौँ, आज (शुक्रबार) नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो ।
बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने प्रमुख सचेतक लेखकले बताए ।
बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।