२०८० फाल्गुन १४

पेट्रोल, डिजेलर खाना पकाउने ग्याँसको मूल्य बढ्यो ।

काठमाडौँ, नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।
बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएको निगमले जनाएको छ ।