२०८१ श्रावण १२

यू–१९ विश्वकप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दै ।

काठमाडौँ, आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।
नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक परेको छ ।
नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।
नेपाल समूह डी मा पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । भारत ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्स खेलेको थियो ।
नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा हालसम्म दुई खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । २०१६ को यू १९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।