२०८१ श्रावण १२

उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्यो : दक्षिण कोरिया

काठमाण्डौँ, उत्तर कोरियाले प्रमुख सैन्य शिपयार्डनजिकै पानीमाथि उडान भर्ने क्रुज क्षेप्यास्त्रहरू प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाको उक्त कदमबाट हतियार परीक्षणको सिलसिला बढेको छ । यसले अमेरिका, दक्षिण कोरिया र जापानसँग तनाव बढाएको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
उत्तर कोरियाली क्रुज क्षेप्यास्त्र परीक्षणको अर्को चरण र जनवरी १४ मा मुलुकको पहिलो ठोस–इन्धन मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणपछि गरिएको हो ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाली बन्दरगाह सिनापोनजिक पानीमाथि क्षेप्यास्त्रहरू पत्ता लगाएका छन् । त्यहाँ उत्तर कोरियाको क्षेप्यास्त्र–प्रहार पनडुब्बीसहित प्रमुख नौसैनिक जहाजहरूको निर्माण गर्ने प्रमुख शिपयार्ड छ ।