२०८१ श्रावण १२

आज आहारारा गोल्डकपमा सेमिफाइनलका लागि मनाङमर्स्याङ्दी र जावलाखेल भिड्दै ।

काठमाण्डौँ, पोखरामा जारी आहारारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् ।
जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
आहारारा पोखरा गोल्डकपको इतिहासमा हालसम्म एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ । २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो । तर, मनाङमर्स्याङ्दीले जावलाखेललाई २–० ले उपाधि जित्नबाट रोकेको थियो ।
जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो । हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ ।
पोखरा मनाङमर्स्याङ्दीको राम्रो समर्थक भएको ठाउँ पनि हो । पोहोर ए डिभिजन लिगमा मनाङमर्स्याङ्दीले पोखरालाई आफ्नो होम ग्राउन्डसमेत घोषणा गरेको थियो । आहाराराको क्वार्टरफाइनलमा मनाङमर्स्याङ्दी निशान लिम्बुको कप्तानीमा मैदान प्रवेश गर्नेछ । यता, जावलाखेलमा राष्ट्रिय टिमका हिसुब थपलिया, छिरिङ लामा छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङ र डेब्यु गर्न बाँकी गोल रक्षक अनिश देउलाले गोल पोस्टको रक्षा गर्दैछन् । मछिन्द्रलाई प्रिक्वार्टरफाइनलबाटै फिर्ता पठाउन हिसुबले निर्णायक गोल गरेका थिए ।
खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ ।