आज संकटा र आर्मी सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने ।
काठमाण्डौँ, आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।
संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो । आहारारामा आर्मी र संकटा नयाँ प्रतिद्वन्द्वी भने होइनन् । यसअघि २ पटक सँगै क्वार्टरफाइनलमै भिडेका २ टिममा दुवैले एक÷एक जित निकालेका छन् ।
अघिल्लो संस्करणमा पनि क्वार्टरफाइनलमै आर्मी र संकटाबीच भेट भएको थियो । क्वार्टरफाइनलमा आर्मीलाई ३–१ ले स्तब्ध पार्दै संकटा सेमिफाइनल यात्रा तय गरेको थियो । आर्मीलाई क्वार्टरफाइनलमा रोकेको संकटा अन्ततः प्रतियोगिताकै उपाधि विजेता बन्यो ।
दुई दशक लामो इतिहासमा संकटा हालसम्म ७ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर संकटाले २ पटक उपाधि जितेको छ भने दुई पटक सेमिफाइनल खेलिसकेको छ ।
यता त्रिभुवन आर्मी क्लबले हालसम्म आहाराराको उपाधि जित्न सकेको छैन । पटकपटक फाइनल पुगेर पनि उपाधिविहीन हुँदै आएको छ । विभागीय टिम नेपाल आर्मीलाई भरत खवासको कप्तानी सम्हाल्नेछन् । यो टिम आहारारा पोखरा गोल्डकपमा १५औं सहभागिता हो ।
आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि स्पर्धा गर्नेछ ।
खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्