२०८१ श्रावण १२

आहारारा गोल्डकपमा आजदेखि क्वार्टरफाइनल खेल, आजको खेल थ्रीस्टार र पारो भुटानबिच हुने ।

काठमाण्डौँ, आहारारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।
२३ औं संस्करणको पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो ।
पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।


थ्री स्टारको कप्तानमा योगेश गुरुङ छन् । क्लबकै पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा प्रतिस्पर्धामा होमिएको टिममा विराज महर्जन्, आशिष चापागाईं, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराललगायत छन् । त्यस्तै, आमन्त्रित क्लब पारो एफसीले आहाराराको नवप्रवेशी क्लब हो । पुष्पलाल शर्माको प्रशिक्षणमा मैदान उत्रिन लागेको हो ।
आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । माघ १७ गते जावलाखेल र मनाङ मस्र्याङ्दीमध्ये एकसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।