२०८१ श्रावण १२

भृकुटीमण्डपमा तिन दिने अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु ।

काठमाडौँ, काठमाडौँको भृकुटीमण्डपमा तिन दिने अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ ।
माध १२ देखि १४ गतेसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ ।


आजबाट सुरु भएको मेला प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासघ नेपाल, राष्ट्रिय कृषक समूह महासघ, नेपाल कृषि
सहकारी केन्द्रीय सघ लि. रहेको छ ।
प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण,केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषिका सामग्रीहरू राखिएको छ । साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम रहेको भट्टराईले जानकारी गराउनुभयो ।
तिन दिन सम्म चल्ने मेलाको प्रवेश निःशुल्क रहेको छ ।