२०८१ श्रावण १२

नेपाली काँग्रेसका योगराज उपाध्याय र नुतन थपलियाल सम्मानित ।

काठमाडौँ, नेपाली काँग्रेसले पुराना नेताद्धयलाई योगप्रसाद उपाध्याय र नूतन थपलियालाई सम्मान गरेको छ ।
कांग्रेसमा आस्था राखेर प्रजातन्त्रको पक्षमा निरन्तर लागेका नेताद्धय उपाध्याय र थपलियालाई
पार्टी स्थापनाको ७८ औं स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताले सम्मान गरेका हुन् ।
२००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए । नेपाल विद्यार्थी संघ हुनु अघि गठन भएको छात्रसंघका लागि उपाध्यायले अगुवाई गरेका थिए । बीपी कोइरालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासनमा विताएका थिए ।
उपाध्याय २०४६ सालको आन्दोलन पछि बनेको अन्तरिम सरकारमा गृहमन्त्री बेनका थिए । उनी कांग्रेसको सह महामन्त्री र पार्टी प्रवक्ता समेत बने ।
कांग्रेसले शुक्रबार सम्मान गरेका अर्का व्यक्ति थपलियाले नागरिक स्वतन्त्रताका लागि २००३ साल देखि सक्रिय भएर लागेका थिए । सहिद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता हुन् ।
२००७ सालमा बीपी विराटनगरमा पक्राउ परेको विरोधमा काठमाडौंमा प्रदर्शन गर्दा उनलाई तत्कालीन सरकारले पक्राउ गरेको थियो । स्वतन्त्रताका लागि उनले भोक हड्ताल र सत्याग्रह आन्दोलन अपनाएका थिए ।
भारत स्वतन्त्रताको खुसीयालीमा सहभागी हुँदा छ महिना जेल परेका थिए । राजनीतिक कार्यक्रममा लागेको आरोपमा २०२५ सालमा उनलाई शिक्षण पेशा गुमाउनु परेको थियो । थपलियाले मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको स्थापनामा योगदान गरेका थिए । ९४ वर्षका पुगेका उनलाई केन्द्रीय कार्यालयमा कांग्रेसले सम्मान गरेको हो ।