२०८१ श्रावण १२

मनाङको ३३ दशमलव ४७ हेक्टर क्षेत्र मनाङ मस्र्याङदी जलविद्युत आयोजनालाई ।

काठमाण्डौँ, नेपाल सरकारले मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको विकास निमार्णका लागि १८३९ गोटा रुख र पोलहरु हटाउन स्वीकृति दिने नर्णिय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मनाङमा बन्न लागेको १३५ मेघावट जलविद्युत उत्पादन गर्ने लक्ष्यकासाथ शुरु भएको मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको विकास निमार्णका लागि मनाङ जिल्लाको सदरमुकाम अर्थात चामे गाउँपालिकाको वडा नं. १,२,३, र ५ तथा नासों गाउँपालिकाको वडा नं. ८ र ९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रको राष्ट्रिय वनको ३३ दशमलव ४७ हेक्टर क्षेत्र आगामी २५ बर्षसम्म प्रयोग गर्न आयोजनालाई दिने र सो जग्गामा रहेका १ हजार ८ सय ३९ गोटा रुख र पोलहरु हटाउन स्वीकृति दिने नर्णिय गरेको छ ।
आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशय (ड्याम्प) नर्मिाण गरी नासों–८,कम्लोमा पाउवर हाउन स्थापनाका लागि आवश्यक कार्यालयहरु स्थापना गरीसकेको छ ।
मन्त्री परिषद्को निर्णयसंगै वन्यजन्तु विभाग लगायतका सम्बन्धित निकायसंग सम्झौतागरी विकास निमार्णको काम अधि बडाइने सहायक प्रवन्धक राजकुमार बरालले बताए ।
आयोजनाले निमार्ण कार्यशुरु भएको ४ बर्षभित्र निमार्ण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्नुपर्ने सम्झौतामा उल्लेख
छ ।