२०८१ श्रावण १२

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई ठूलो धक्का

सत्ता गठबन्धनबाट कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए छन् । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे ।
मधेस प्रदेशको दुवै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएकी हुन् । ढुंगानाले ७ हजार ३७० छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन्।
यस्तै, जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ । निर्वाचित चौधरीको मतभार ७ हजार ९२३ छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ छ ।
बागमती प्रदेशमा चार सिटका लागि भएको चुनावमा निर्वाचित चारै जना गठबन्धनका छन् । कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजालले बागमतिबाट चुनाव जितेका छन् ।
गण्डकी प्रदेशमा पनि तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूहमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिला समूहमा माओवादीकी मनरुपा शर्मा निर्वाचित भएकी छिन् ।
लुम्बिनीमा पनि गठबन्धकै उम्मेदवारले जितेका छन् । माओवादीका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट पनि सत्ता गठबन्धनका तीनै उम्मेदवारले जित हात पारेका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले जितिन् भने दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ले जित हात पारेका छन् । अन्य तर्फ कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् ।
सुदूरपश्चिममा पनि तीनै जना गठबन्धनका उम्मेदवारले जिते। महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।