२०८१ श्रावण १२

राष्ट्रियसभा चुनावः सत्ता गठबन्धनका कृष्णप्रसाद सिटौला विजयी, २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरे ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको चुनावमा सत्ता गठबन्धनका कृष्णप्रसाद सिटौला विजयी भएका छन्।
उनले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहका जनप्रतिनिधिको मत भने पौडेलको पक्षमा परेन। पौडेलले स्थानीय तहबाट १०९ जनाका मतमात्र पाए।
सिटौलाले प्रदेशसभा सदस्यमध्ये ४५ जनाको मतमात्र पाए भने प्रतिस्पर्धी राप्रपाका पौडेलले ४७ जनाले मत पाए।
स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपाका पौडेलले १०९ मत प्राप्त गरे।
कोशी प्रदेशसभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन्। राप्रपा र एमालेका ४५ जना मात्र प्रदेशसभा सदस्य छन्। एकजनाको मत भने बदर भएको छ। स्थानीय तहतर्फ ४ मत बदर भएको छ।
सत्ता गठबन्धनले राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाएको व्यापक चर्चा छ।
यसअघि प्रदेशसभातर्फ महिलामा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्।