२०८१ श्रावण १२

एकअर्कालाई हराउन लागे पार्टी बन्दैन : सभापति देउवा

काठमाडौँ, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरुलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पार्टीभित्र सबैले एकैपटक टिकट नपाउने भएकाले मिलेर अघि बढ्नुपर्ने बताए ।
‘अहिले काँग्रेससामु चुनौतीको सामना गर्दै अवसर सदुपयोग गर्दै अघि बढ्न सकेन आगामी दिनमा बलियो बन्न सक्छौं । अहिले एक भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ । बहुमत नभएपनि त्यसको हाराहारीमा ल्याउन सक्छौं । सबैले टिकट पाउँदैनन् । समानुपातिक र समावेशीताको आधारमा मिलाएर जानुपर्छ । पार्टीभित्रको चुनावमा पनि समावेशीताको आधारमा हुन्छ, सभापति देउवाले भने ।
उनले आज अवसर नपाउनेले भोलि पाउने भएकाले टिकट वितरण उचित मुल्यांकनको आधारमा हुने बताए । चुनौतीहरुको सामना गर्न राष्ट्रियसभामा पनि गठबन्धनलाई अगाडि लिएर बढ्नुपरेको सुनाए ।