२०८३ भाद्र २०
कोसी प्रदेश सरकारद्धारा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालन ।
काठमाण्डौँ, कोसी प्रदेश सरकारले निर्माण गरेका विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरुंगामा तीनवटा चार्जिङ स्टेसन निर्माण गरेको हो । आइतबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार्जिङ स्टेसन उ्दघाटन गरे ।

मन्त्रालयका अनुसार तीन ठाउँमा एक करोड १४ लाखको लागतमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । त्यहाँ सर्वसाधारणले कुनै झन्झटबिना नै सवारी साधन चार्ज गर्न सक्ने बताइएको छ । ती स्टेसनमा एकैपटक दुई सवारी साधन चार्ज गर्न मिल्छ । विराटनगरमा सिँचाइ कार्यालय परिसरमा स्टेसन निर्माण गरिएको छ ।
मुख्यमन्त्री कार्कीले राष्ट्रको कुल आम्दानीको २० प्रतिशत इन्धन खरिदमा खर्च गर्नुपर्ने बाध्यताको रहेको भन्दै व्यापार घाटा घटाउनुको विकल्प नभएको बताए ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्