२०८१ श्रावण १२

‘समुदायसँग कांग्रेस’ अभियान माघ १६ गते देशभर एकसाथ थालिने ।

काठमाडौँ, नेपाली कांग्रेसले ‘समुदायसँग कांग्रेस’ अभियान माघ १६ गते देशभर एकसाथ थाल्ने भएको छ । कांग्रेसले शहीद दिवसको अवसरमा पारेर देशका ६ हजार ६४३ वटै वडामा अभियान सुरू गर्न लागेको हो ।
पार्टीले समुदायमा कांग्रेस अभियानलाई निरन्तरता दिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘समुदायमा कांग्रेस अभियान हामीले निरन्तर नै गर्छौँ्र । हामीले १२ गतेबाट गर्ने भनेका हौं ११ गते राष्ट्रियसभाको निर्वाचन प¥यो । १२ गते सातै प्रदेशमा आफ्नो स्थापना दिवस मनाउँछ । अहिलेसम्म मिति तय भएको छैन । १४÷१५ गतेबाट जिल्लामा अभियान सुरू हुने मुख्यसचिव पौडेलले बताए ।
देशभरका सबै वडामा एकैसमय कार्यक्रम सुरू गर्नको लागि १२÷१३ गतेबाटै नेताहरू जिल्ला खटिने पनि बताए । माघ ७ देखि २२ गतेसम्म गर्ने भनिएपनि राष्ट्रियसभाको निर्वाचनको कारणले १६ देखि २६ गते गर्ने लागिएको हो ।
यसअघि पनि दसैँ तिहार र जाजरकोट भूकम्पलाई कारण देखाउँदै भदौ १० देखि २४ गतेसम्म हुने भनिएको अभियान सारिएको थियो । अभियानको क्रममा संगठन सुदृढ गर्दै पार्टीलाई जनतासँग जोड्दै नेतृत्वप्रतिको गुनासो र सुझाव बुझ्ने कांग्रेसको तयारी छ ।