२०८१ श्रावण १२

व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद ।

काठमाडौँ, काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । व्यापारी अग्रवाललाई नियन्त्रणमा लिएको विभागले जनाएको छ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।